काठमाडौँ- सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ।
छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलामा एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
