२०८३ साउन १३ गते बुधबार

सुदूरपश्चिमको मुख्यमन्त्रीबाट राजीनामा दिने सोडारीको घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
dirghaRajSodari

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिने घोषणा गरेका छन्।

नेकपा एसका नेतासमेत रहेका सोडारीले विश्वासको मतका लागि प्रस्ताव गर्ने अन्तिम तयारी गरिरहेका बेला प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन्।

यसअघि नै मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव दीर्घ जोशीले मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेको जानकारी दिएका थिए।

केही बेरअघिसम्म विश्वासको मतका लागि प्रस्ताव गर्ने र विश्वासको मत नजुटे राजीनामा दिने तयारीमा रहेका सोडारी अन्ततः विश्वासको मतका लागि प्रक्रिया अघि नबढाई ‘मार्गप्रशस्त’ गर्ने जानकारी गराएका थिए।

तर कांग्रेस र एमालेसहितका विपक्षी दलका सांसदले प्रदेशसभा बैठकमा भाग नलिने तयारी गरेपछि सोडारीले राजीनामा दिने तयारी गरेका थिए।

सभामा सम्बोधन गर्दै राजीनामा दिन सोडारी सहमत भएपछि कांग्रेस र एमालेका सांसदहरू पनि प्रदेशसभा बैठकमा सहभागी भएका थिए।

यसअघि नै कांग्रेस र एमालेले भने सोडारीले विश्वासको मत माग्नका लागि आह्वान गरिएको संसद् बैठकमा सहभागी नहुने रणनीति बनाएका थिए।

५३ सदस्यीय प्रदेशसभा सञ्चालन हुनका लागि कम्तीमा पनि २५ प्रतिशत सांसद उपस्थित हुनुपर्छ। यो भनेको १४ जना हो। तर सोडारीले विश्वासको मतका लागि प्रस्ताव गर्ने दिनमा १४ जना पनि जुटाउन नसक्दा राजीनामा गर्नुपर्ने स्थिति सिर्जना भएको हो।

संसद् चल्ने अवस्था नभए पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारी सोडारीको थियो। तर राजीनामा दिने जानकारी कांग्रेस एमालेलाई गराएपछि संसद बैठक बसेको थियो। यसपछि सभामा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका थिए।

केन्द्रमा नयाँ गटबन्धन बनेसँगै एमालेले असार २० गते उनलाई दिएको समर्थन फिर्ता लिएको थियो।

गत वैशाख ६ गते सोडारी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका थिए।

यसअघि वैशाख २ गते नेकपा एससमेतको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउने तयारीमा सोडारी थिए। तर नाउपाकै दुई जना सांसदले छुट्टाछुट्टै रूपमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

एकै पार्टीबाट दुई जनाको मुख्यमन्त्रीमा दाबी पेस भएपछि प्रदेश प्रमुख नजिर मियाँले अध्ययन र आवश्यक परेको खण्डमा सांसदको सनाखत गराउने भन्दै वैशाख ४ गतेसम्मका लागि समय दिएका थिए।

मुख्यमन्त्रीमा कुनै पनि व्यक्ति नियुक्त नहुँदै वैशाख ४ गते नै एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीनिकट लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता गर्‍यो।

सत्ता गठबन्धनभित्र दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय भएपछि एकीकृत समाजवादीले लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रदेश प्रमुख मियाँले नाउपाका दुवै जनासँग स्पष्ट बहुमत नभएको भन्दै मुख्यमन्त्रीका पुनः दाबी पेस गर्न आह्वान गरेका थिए। यसपछि एमाले र माओवादी केन्द्रसमेतकव समर्थन लिएर सोडारी मुख्यमन्त्री बने।

सोडारीले नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित समर्थन जुटाएका थिए।

सुदूरपश्चिम सरकारमा दुई पटक मन्त्री बनेका सोडारी प्रदेशको चौथो मुख्यमन्त्री बनेका थिए।

उनी २०७४ सालमा नेकपा एमालेबाट कैलालीको क्षेत्र नम्बर ४ बाट प्रदेश सभामा चुनाव जितेर सामाजिक विकास मन्त्री बने। २०७७ सालमा महिलासँगको अश्लील संवाद बाहिरिएपछि मन्त्रीबाट हटाइएका थिए।

तत्कालीन नेकपाले उनलाई निलम्बन गरेको थियो। तर नेकपा विभाजन भएपछि माधवन नेपाल पक्षमा लागे। उनको कारबाही फुकुवा भयो।

सोडारी २०७९ को निर्वाचनपछि पुनः सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधार तथा विकास मन्त्री बनेका थिए।

प्रकाशित: २०८१ साउन १८ गते शुक्रबार ०५:००
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना