काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ।
शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेर ऐतिहासिक बिन्दुमा पुगेको सुनको मूल्य आज प्रतितोला दुई सय रूपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ९०० रुपैयाँ पुगेको थियो।
यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ।


