काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक लेखा समितिलाई आवश्यक विवरण नै उपलब्ध गराइएको दाबी गरेका छन्।
शुक्रबार पत्रकार सम्मेलन गरी घिसिङले लेखा समितिमा यस्तो बताएका हुन्। अनावश्यक बिल किन पठाउनु भयो भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले लेखालाई पठाएका सबै विवरण सम्बन्धित र सपोर्टिङ डकुमेन्ट भएकाले अनावश्यक भन्न नमिल्ने बताए।
‘डेडिकेटेड तथा ट्रंकलाइनको महसुलसँग सम्बन्धित विवरण नै लेखा समितिलाई उपलब्ध गराएका हौँ,’ उनले भने, ‘सबै विवरण सम्बन्धित र सपोर्टिङ डकुमेन्ट भएकाले अनावश्यक भन्न मिल्दैन।’
उता लेखा समितिले भने प्राधिकरणबाट प्राप्त भएको कागजातहरु छानेर लिने र बाँकी फिर्ता पठाइदिने बताइसकेको छ।


