काठमाडौँ- प्रतिनिधि सभा बैठक हेर्न पुगेका विद्यार्थीले बंगलादेशको जस्तै विद्यार्थी आन्दोलन नेपालमा पनि गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्।
बुधबार संसद भवन बाहिर पुगेका विद्यार्थीले ‘बंगलादेशको जस्तै विद्यार्थी आन्दोलन नेपालमा पनि सुरु गर्नुपर्ने हो?’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका हुन्।
उनको प्लेकार्डमा सहकारी ठगी प्रकरण, भूटानी शरणार्थी प्रकरण र गिरिबन्धु टी ईस्टेट प्रकरणका नाइकेहरुलाई कारबाही गर्नुपर्ने उनको माग छ।
बंगलादेशमा गत महिना सुरु भएको विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपरेको थियो।
हाल भारतमा शरण लिइरहेकी उनले बेलायतसँग शरण माग गरेपनि बेलायतले कुनै प्रतिक्रिया दिएको छैन।


