काठमाडौँ- सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम हालसम्मकै उच्च हो।
यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको कारोबार भएको थियो।
कारोबारसँगै बजार पुँजीकरणले पनि रेकर्ड बनाएको छ। बिहीबार बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब पुगेको छ
सोमबार ४५ खर्ब ७१ अर्ब बजार पुँजीकरण पुगेको थियो।
कारोबार रकममा वृद्धि भएसँगै नेप्से परिसूचक पनि ४३ अंकले बढेर ३०००.८१ अंकमा पुगेको छ।
नेप्सेको यो अंक तीन वर्षयताकै उच्च हो। कारोबारमा नेप्सेले रेकर्ड बनाएपनि नेप्सेको उचाइले भने रेकर्ड तोड्न सकेको छैन। तीन वर्षअघि भदौ २ गते ३१९८ अंकको उच्चतम रेकर्ड बनाएर बजार घट्दो क्रममा थियो।
बिहीबार १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एक कम्पनीको को स्थिर रह्यो।
यस दिन बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी र माउन्टेन इनर्जीको मूल्य १० प्रतिशत बढ्यो।
नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर, अपि पावर, कुमारी बैंक र निफ्रा क्रमशः अगाडि रहे।
यसअघि आइतबार र सोमबार पनि बजार पुँजीकरण र कारोबार रकमले रेकर्ड बनाएको थियो।
सोमबार सेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा अडिएको थियो। उक्त दिन २७ अर्ब २४ करोड बढीको सेयर किनबेच भएको छ। बजार पुँजीकरण ४५ खर्ब ७१ अर्ब पुगेको छ।
आइतबार नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको थियो।
आइतबार २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ बराबरको कारोबार भएको थियो। आइतबार नेप्सेको बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको थियो।


