काठमाडौँ- पाँचदिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र उनका भारतीय समकक्षी एस जयशंकरबीच सोमबार भेटवार्ता भएको छ।
आइतबार भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच सोमबार दिल्लीमा द्विपक्षीय वार्ता भएको हो।
भारतीय विदेशमन्त्री जयशंकरले भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै परराष्ट्रमन्त्री राणालाई दिल्लीमा स्वागत गरेको उल्लेख गरेका छन्।
परराष्ट्रमन्त्री राणाले सोमबारै भारतीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गर्नेछिन्।


