काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारबाट हटेपछि पार्टीको काममा केन्द्रित भएका छन्।
प्रचण्डको सचिवालयले आगामी एक महिनासम्मका लागि माओवादी र प्रचण्डको कार्यतालिका सार्वजनिक गरेको हो।
माओवादीका प्रायजसो सबै बैठकमा प्रचण्ड पुग्ने गरेका छन्। पछिल्लो पटक एकैचोटी एक महिने कार्यतालिका सार्वजनिक गरिएपछि अध्यक्ष प्रचण्डको व्यस्ततासमेत बढेको छ। प्रधानमन्त्री हुँदा प्रचण्डले पार्टीलाई समय दिन सकेका थिएनन्।
माओवादीले बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बेठक भाद्र ५ र ६ गते राखेको छ।
यस्तै उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गतेका लागि तोकिएको छ।
यस्तै गण्डकी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ९ र १० गतेका लागि राखिएको छ।
सुदुपश्चिम प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १२ र १३ गते बस्नेछ।
प्रचण्ड सचिवायले बनाएको कार्यतालिका अनुसार कर्णाली प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १४ र १५ गते हुनेछ।
लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते हुने सचिवालयले जानकारी दिएको छ।
तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भाद्र १८ र १९ गते हुने भनिएको छ।
मधेश प्रदेशका केन्द्रीय सदस्यहरूको बैठकका लागि भाद्र २२ र २३ गतेको मिति तय भएको छ।
प्रदेश १ का केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र २४ र २५ गते हुने माओवादीले जनाएको छ।
जनवर्गीय संगठन र मोर्चामा कार्यरत पार्टी केन्द्रीय सदस्य हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूलाई भाद्र २७ र २८ गते बोलाइएको छ।
प्रवास प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ आश्विन १ गते हुने प्रचण्ड सचिवालयले जानकारी दिएको छ।
जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते हुने माओवादीले जानकारी दिएको छ।


