काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छिन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाएकी हुन्।
‘विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने?’ उनले थपिन् ,’त्यो मन्त्रीहरूको परिषद्को कप्तान को? प्रधानमन्त्री, दलीय राजनीतिले जडजड बनाएको दुई ठूला दलको भातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापक संगठन र त्यसलाई सही दिशातर्फ लान्छु भनेर लागेका को?’
साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन पुगेका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुट्दा क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुकदर्शक भएको उनको भनाइ थियो। ‘अनेरास्ववियुको माउ पार्टीको प्रमुख को? अहिलेको प्रधानमन्त्री। शिक्षालयमा दल चाहिन्छ भन्ने को? अहिलेको प्रधानमन्त्री,’ उनको प्रश्न थियो, ‘यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ? बताइदिनुपर्यो।’


