काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जनता भड्काउने काम भइरहेको बताएका छन्। जनतामा निराशा र असन्तुष्टि भएपनि त्यो भन्दा बढी असन्तुष्टि छ भनेर जनता भड्काउने काम भइरहेको उनको टिप्पणी छ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
‘जनतामा जति असन्तुष्टि छन् त्यो भन्दा बढी बनाउन खोजिएको छ भड्काउन खोजिएको छ। अरू प्रकारका मनसाय होलान्‚’ उनले भने‚‘दलहरूबिच अस्वस्थ प्रतिस्पर्धा अहिलेको प्रणाली मन नपराउनेको चलखेल हुन सक्छ। अथवा देशप्रति जिम्मेवार हुन चाहेर पनि नजान्ने र नकारात्मक भाषा बोल्यो त्यति प्रचलित हुने र कुनै पनि प्रकारले जिम्मावर लिन नखोज्ने जनतामा निराशा छ भन्ने फैलाए।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने कुरा बनावटी देखावटी कुरा नभएको उल्लेख गरे।


