काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको भ्युटावर बनाउन १ अर्ब ७९ करोड खर्च भएको उल्लेख गरेका छन्।
प्रतिनिधि सभा सांसद निशा डाँगीले सोधेको प्रश्नको उत्तर दिँदै ओलीले भ्युटावरको लागत १ अर्ब ७९ करोड ४८ लाख रहेको जानकारी दिएका हुन्।
५ बिघामा फैलिएको यो भवनलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी रहेको प्रधानमन्त्रीले बताए।
‘सञ्चालन कार्यविधि निर्माण गरी यसलाई छिट्टै सञ्चालनमा ल्याउने नेपाल सरकारको तयारी छ,’ संसदमा ओलीले भने, ‘यसभित् रव्यापारिक पसलहरू, कर्पोरेट अफिसहरू, सेमिनार हल, प्रदर्शनीकक्ष, विभिन्न स्थानीयजातिको संस्कृतिसँग सम्बन्धित संग्र्हालय समेत रहने गरी सञ्चालनमा ल्याइनेछ।’
भ्युटावर चलाउनका लागि दमक बजार, उर्लाबारी, मधुमल्लालगायतका बजारहरूबाट सहज आवतजावत हुने गरी सडक सञ्जाल विकास गरिने पनि ओलीको भनाइ थियो।
भ्युटावर निर्माणलाई नकारात्मक रुपमा प्रचार गरेर बालुवामा पानी हालियो भन्ने कुरा यथार्थता आधारित नभएको ओलीले उल्लेख गरेका थिए।


