काठमाडौँ– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि (आइतबार)काठमाडौँमा सुरु हुँदैछ।
थापागाउँस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुने बैठक ११ गतेसम्म जारी रहनेछ।
बैठकमा पार्टी पदाधिकारी चयन, शपथग्रहण, केन्द्रीय संरचना निर्माण लगायत विभिन्न एजेन्डामा छलफल हुने बताइएको छ।
