काठमाडौँ- काठमाडौं महानगरपालिका-१० शंखमूलमा आइतबार राति एक युवकको हत्या भएको छ।
शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा करिब ४० वर्षिय रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ।
हत्याको खबर पाएपछि पुलहाउसमा जम्मा भएका स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि घटनाबारे सोधखोज सुरु भएको छ।
मृतक बान्तवाको शरीर घाउचोटका निशान रहेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
