काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन्।
मंगलबार बिहान बूढानीलकण्ठमा छलफलका लागि दुवै महामन्त्रीलाई बोलाएको देउवाको सचिवालयले जानकारी दिएको छ।
गगन र विश्वलाई बिहान ११ बजेका लागि देउवाले बोलाएका छन्। छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाइएको छ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदन संशोधन गर्नका लागि देउवाले आग्रह गर्ने तयारी गरेको देउवा निकट नेताको भनाइ छ।
कांग्रेसले अब भदौ १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।
महामन्त्री विश्वप्रकाश शर्माले एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावलाई देउवाले रुचाएका छैनन्।
अर्को चुनावमा १६५ वटै निर्वाचन क्षेत्रमा रुख चिह्न खडा गर्ने थापाको प्रस्तावमा देउवाको आपत्ति छ।
यी दुई विषयमा विवाद हुँदा साउन साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक साउन २८ सम्म चलेर भदौ ७ गते बसको थियो। अब १२ गते सम्मका लागि बैठक स्थगन गरिएको छ।


