काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न्।
वरिष्ठ उपाध्यक्षकै लागि उम्मेदवारी दिएका घनेन्द्र बस्नेतले पाण्डेलाई समर्थन गर्दै फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन्।
डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य मतदान प्रक्रियाबाट टुंग्याउन लागेको हो।
केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट अब ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन्।
त्यस्तै १०५ जना पोलिटब्युरो सदस्य निर्वाचित हुने छन्।
यस्तै एक जना चयन हुने महिला उपाध्यक्ष पदका लागि जयन्ती देवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी छ।
मधेशी उपाध्यक्षका लागि धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी छ।
४ जना चयन हुने खुल्ला उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ।
खुलाका लागि ललितबहादुर बस्नेत क्षेत्री, डा गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, डा विजय पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा र बलराम बास्कोटा उम्मेदवार छन्।
४ उपमहासचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ।


