काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि मतदान सुरु भएको छ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्य छनौटका लागि मतदान भएको हो।
३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ। मंगलबार बिहान उम्मेदवारी दर्ता भएको थियो।
मतगणना पनि आजै गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ।
केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन्।
केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन्।
यसअघि असार २० गते नै यी तीन पदाधिकारी चुनिएका थिए।
अध्यक्ष, सम्मानित नेता र महासचिवमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भुसाल नै दोहोरिएका छन्।


