२०८३ साउन १३ गते बुधबार

सरकारको विभेदकारी नीतिले अप्ठेरोमा एनसेल, होला त ‘सेटल’?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
ncell1

काठमाडौँ- प्रत्येक ५ वर्षमा नवीकरण गर्नुपर्ने निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलको लाइसेन्स म्याद भदौ १६ गते सकिँदैछ। २०६१ साल भदौ १५ गते लाइसेन्स पाएको एनसेलले भदौ १५ मा नै नवीकरण गरिसक्नुपर्ने भएपनि उक्त दिन शनिबार परेकाले थप एक दिन सुविधा पाएको हो।

एनसेलले लाइसेन्स नवीकरण गर्दा तिर्नुपर्ने शुल्क किस्ताबन्दीमा तिर्ने व्यवस्था मिलाइदिन सरकारसँग अनुरोध गरिरहेको छ। तर नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण भने किस्ताबन्दीको सुविधा दिने पक्षमा छैन। यसअघि किस्ताबन्दीको सुविधा लिएको एनसेलले यसपटक पनि सोही सुविधा माग गरेको हो। तर प्राधिकरणले भदौ १५ अघि नै पूरै रकम भुक्तानी गरेर नवीकरण गर्न पत्र पठाएपछि एनसेल अप्ठेरोमा परेको हो।

किस्ताबन्दीमा नवीकरण शुल्क बुझाउने व्यवस्था गरिदिन भन्दै एनसेलले ३ महिनाअघि जेठ १४ गते निवेदन दिएको थियो। निवेदनसँगै लाइसेन्स नवीकरणका लागि तिर्नुपर्ने २० अर्बमध्ये नेपाल दूरसञ्चार प्राधिकरणलाई ४ अर्ब रुपैयाँ पनि बुझाइसकेको छ।

प्राधिकरण भने एकमुष्ठ रुपमा सबै रकम भुक्तानी गर्नुपर्ने भन्दै २० अर्ब नै बुझाउन भन्दै ताकेता गरिरहेको छ। यही कारण देखाएर प्राधिकरणले एनसेलको लाइसेन्स नवीकरण गरिदिएको छैन। एनसेलले भने चाहिँ विगतको अभ्यास अनुसार किस्ताबन्दीमा तिर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्राधिकरणले नवीकरणबापत पुरै रकम नबुझाए स्वतः लाइसेन्स रद्‍द हुने भन्दै एनसेल पत्र पठाएको छ। प्राधिकरण बोर्ड बैठकको निर्णय अनुरूप कम्पनीलाई किस्ताबन्दीमा नवीकरण दस्तुर तिर्ने सुविधा दिने अधिकार आफूसँग नरहेको उल्लेख गर्दै प्राधिकरणले बिहीबार एनसेललाई जवाफ फर्काएको हो।

प्राधिकरण भवन।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेललले लाइसेन्स नवीकरणका लागि दूरसञ्चार नियमावलीको व्यवस्था अनुसार दस्तुर बुझाउन एनसेललाई पत्र पठाइएको बताउँछन्। ‘दस्तुर कति हुने भन्ने कुरा उल्लेख गरिएको छैन,’ उनले भने, ‘विद्यमान अवस्थामा कम्पनीले दूरसञ्चार नियमावलीको नियम १२ को उपनियम ३ बमोजिम दस्तुर बुझाउनु पर्ने हुन्छ।’

दूरसञ्चार ऐन अनुसार टेलिकम कम्पनीहरूको लाइसेन्स अवधि २५ वर्षको हुन्छ। पहिलो पटक १० वर्षका लागि लाइसेन्स दिइन्छ। त्यसपछि हरेक ५ वर्षमा २० अर्ब रुपैयाँ शुल्क तिरेर नवीकरण गर्नुपर्छ।

नेपाल टेलिकम, एनसेल लगायत कम्पनीहरूले यसअघि नवीकरण गर्दा किस्ताबन्दीमा नै रकम भुक्तानी गर्दै आएका थिए। त्यसका लागि सरकारले सहजीकरण गर्दै आएको थियो । तर यो पटक एनसेलको लाइन्सेन्सको नवीकरण गर्ने अवधि एक हप्ता मात्रै बाँकी हुँदा पनि सरकारले कुनै चासो नदिएको एनसेलको गुनासो छ।

जानकारहरूका अनुसार प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनीलाई दिइने सुविधामा स्थायित्व हुनुपर्ने बताउँछन्। सरकारको नीति र व्यवहार स्थिर नभए भएका लगानीकर्ता पलायन हुने र नयाँ लगानीकर्ताले सरकारलाई विश्वास नगर्ने परिस्थिति सिर्जना हुन्छ।

यसअघि नेपाल टेलिकमले २०७६ मा १८ करोड ९० लाख रुपैयाँ मात्रै बुझाएर लाइसेन्स नवीकरण गरेको थियो। त्यसपछि बाँकी १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ रकम टेलिकमले गएको वैशाखमा मात्रै दूरसञ्चार प्राधिकरणलाई भुक्तानी गरेको छ। टेलिकमले यो ५ वर्षको अवधिमा ब्याज छुटसमेत पाएको छ।

टेलिकमलाई त्यसरी छुट दिने तर एनसेललाई भने किस्ताबन्दीको सुविधा पनि नदिनु विभेद भएको एनसेलले बताउँदै आएको छ।

‘एउटै मुद्दामा दुई टेलिकम सेवा प्रदायकलाई फरक–फरक व्यवहार गरेर निजी क्षेत्रमाथि सरकार अनुदार छ भन्ने प्रष्ट सन्देश दिएको छ,’ एनसेल व्यवस्थापनको एक सदस्यले भने, ‘नेपाल टेलिकमलाई काखार  एनसेललाई पाखा पारिएको महसुस भएको छ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले एनसेललाई अप्ठेरोमा पार्न नचाहेको बताउँदै आएका छन्। ‘सरकारले अनुमति दिएको कम्पनी हो चलोस् भन्ने हामी चाहन्छौँ। एनसेल भागोस् भन्ने चाहँदैनौँ,’ एक अन्तर्वार्तामा गुरुङले भनेका छन्।

एनसेलले किस्ताबन्दीमा नवीकरण शुल्क बुझाउन व्यवस्था गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि लबिङ गरिरहेको थियो। एनसेलले सरकारको समेत सेयर रहेको नेपाल टेलिकमलाई दिइएको सुविधा आफूहरूलाई पनि दिन आग्रह गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको बालुवाटार स्रोतको भनाइ छ।

केही सर्त राखेर एनसेललाई किस्ता सुविधा दिन प्रधानमन्त्रीले सकारात्मक रहेको बताएको हो। लाइसेन्स नवीकरण नगर्दा राज्यले प्राप्त गर्ने अर्बौं कर र ठूलो संख्यामा रोजगारीसमेत गुम्ने देखिएकाले सरकार एनसेललाई सुविधा दिने तयार रहेको बताइएको छ।

एनसेल भवन।

‘नवीकरण नगर्दा अर्बौँ कर र नेपालीहरूले पाएको रोजगारी गुम्ने देखियो। सर्त राखेर भएपनि एनसेलको अप्ठेरो सहजीकरण गर्न सरकार सकारात्क छ,’ बालुवाटार स्रोतले भनेको छ। सम्भवतः आगामी मन्त्रिरिषद् बैठकबाट यो विषयमा निर्णय हुन सक्नेछ।

एनसेल लाइसेन्स नवीकरणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरिसकेका छन्।

प्रधानमन्त्री ओली र सञ्चारमन्त्री गुरुङबीच नेपाल दूरसञ्चार प्राधिकरणले पठाएको पत्र, किस्ताबन्दी सुविधा लगायत विषयमा छलफल भएको थियो। ‘एनसेलको मागका विषयमा मन्त्रीज्यु र प्रधानमन्त्रीबीच छलफल भएको छ,’ मन्त्रालय स्रोतको भनाइ छ, ‘उहाँहरूको छलफलले एनसेललाई केही न केही राहत हुने संकेत बुझिएको छ।’

प्राधिकरणले भदौ ६ गते थप दस्तुरसहित १९ अर्ब तिर्न एनसेललाई पत्राचार गरेको थियो। यसअघि पनि किस्ताबन्दीको सुविधा दिएकाले सरकारले चाहे एनसेललाई किस्ताबन्दीको सुविधा दिन सक्छ।

प्राधिकरणले भने एनसेललाई सुविधा दिने/नदिने विषयमा प्रस्ट नबताएपनि भदौ १५ अघि नै नियामक/सरकारले केही न केही निर्णय लिने बताएको छ। एनसेलको लाइसेन्स अवधि सकिन ५ दिन मात्रै बाँकी भएकाले छिट्टै यो विषयमा निर्णय हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले संकेत गरेको छ।

प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब २५ हजारलाई रोजगारी दिइरहेको कम्पनीको भनाइ छ। एनसेलल स्थापनायता गत आर्थिक वर्षसम्ममा कर तथा गैरकर गरी ३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरिसकेको बताएको छ।

गत आवमा मात्र एनसेलले जीएसएम लाइसेन्सबापत ३ अर्ब, दूरसञ्चार सेवा शुल्क ३ अर्ब, स्वामित्व कर ६३ करोड तिरेको छ। यस्तै भ्याट ३ खर्ब, भन्सार २८ करोड, टीडीएस ३ अर्ब ६५ करोड, फ्रिक्वेन्सी दस्तुर झन्डै २ अर्ब ग्रामीण दूरसञ्चार विकास कोषमा ७४ करोड, रोयल्टी डेढ अर्ब तिरेको छ। यसरी गत आवमा मात्र २० अर्बभन्दा बढी कर तिरेको एनसेलले जानकारी दिएको छ।

प्रकाशित: २०८१ भदौ ११ गते मङ्गलबार ०९:००
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना