विराटनगर- नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए।
एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई दिएको समर्थन फिर्ता लिनुअघि नै नेपाली कांग्रेस सत्तारोहणका लागि तयार भएर बसेको छ।
संघमा असार १७ गते समझदारी गर्दै कांग्रेस-एमालेले गठबन्धन गरेपछि कांग्रेसले कोशीमा सत्तारोहणको तयारी गरेको हो।


