काठमाडौं– प्रतिनिधिसभा बैठकमा आजदेखि २७ वैशाखसम्म प्रि–बजेट वरपर रहेर छलफल हुने संसद् सचिवालयले जनाएको छ। सरकारलाई १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक दायित्व छ।
संसद्मा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट)माथि छलफल सुरु हुने भएको हो। छलफलका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेलाई बोलाइएको छ। बिहान ११ देखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल गर्ने र २७ वैशाखमा अर्थमन्त्री डा. प्रकाशरण महतले जवाफ दिने कार्यक्रम राखिएको छ।
प्रतिनिधिसभाको बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन २४ वैशाखमै अर्थमन्त्री महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए। संसद्मा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि–बजेट छलफल सकाउनुपर्नेछ।
प्रि–बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ।


