काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारप्रति लक्षित गर्दै अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न नसकिने बताएका छन्। रास्वपाकाे कर्णाली प्रदेश भेला (सुर्खेतकाे वीरेन्द्रनगर) मा बोल्दै सभापति लामिछानेले यो गठबन्धनले हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खाने तर २०८४ मा त घण्टी बजेपछि सबैको धन्दा चौपट हुने दाबी गरे।
सहकारी प्रकरणबारे बोल्दै उनले हुँदै नभएकाे प्रमाण १२/१४ महिना खाेज्दा पनि कसैले नभेटेको बताए। भने, ‘भेटेका भए किन छाेड्थे। अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन्। तर, सक्दैनन्। किनकि, मैले कुनै कमजाेरी गरेकाे छैन।’
आफ्ना विरोधीहरुले रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने साेचेका तर यो असम्भव रहेको जिकिर उनको छ।


