काठमाडौं- नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल /डिजलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको छ।
आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको निगमले जानकारी दिएको छ।
खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् छ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ भने पेट्रोल र मट्टीतेलको १५४ रुपैयाँ पर्नेछ ।
