काठमाडौँ– बुधबार सेयर बजार सूचक ९०.७३ अंक घटेको छ।
२७३९ अंकमा कायम भएको नेप्सेमा १२ अर्ब ९२ करोडको कारोबार भएको छ।
३१ कम्पनीको मूल्य बढ्दा २१३ को घटेको थियो भने एकको स्थिर रह्यो। सबै क्षेत्रका सूचक घटेका छन्।
उच्च अंकले बजार घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो।
एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ।


