काठमाडौँ- साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुसन इनिसिएटिभ (सार्फी)को अध्यक्ष नेपाल बनेको छ। सार्फीको अध्यक्ष रहेको माल्दिभ्सले नेपाललाई नेतृत्व हस्तान्तरण गरेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्ष चयन भएका छन्।
मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी ‘एलाइन्स फर फाइनान्सियल इन्क्लुसन एफआई ग्लोबल पोलिसी फोरम’ को बैठक चलिरहेको छ। बैठकअन्तर्गत बुधबार सार्फी लिडर्स राउण्डटेबल’ का क्रममा अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको हो।
गभर्नर अधिकारी भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए।
बैठकले स्टेट बैंक अफ अफ पाकिस्तान (एसबीपी)लाई सार्फीको उपाध्यक्ष चयन गरेको छ। यसअघि सार्फीको नेतृत्व माल्दिभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए।
सार्फीमा नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू आबद्ध छन्।


