उनलाई घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारिएको थियो। त्यसपछि अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरी प्रमुख नवराज कार्कीका अनुसार उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थपेर अनुसन्धान शुरू गरिएको छ।
प्रहरीका अनुसार अस्मिताले गत शुक्रबार दुई छोरीलाई सँगै लिएर हिँडेकी थिइन् तर दुवै छोरीको शव शनिवार दिउँसो मोरङको केराबारीमा फेला परेका थिए पनि अस्मिता भेटिएकी थिइनन्।
अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भई सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन्।
उनीहरूले सुन्दरहरैँचामा नया घर बनाउँदै थिए। सोही घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो।


