२०८३ कार्तिक १७ गते सोमबार

हरायो तीजको मौलिकता, चेली लिन जानै छोडे माइती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २०
teej1694936013

गलेश्वर (म्याग्दी)- नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजमा आएको आधुनिकतासँगै मौलिकता ओझेलमा पर्दै गएको छ। तीज आउनु धेरै दिन अघिदेखि सहरबजारमा दैनिकजसो आयोजना गरिने तीज मिलन कार्यक्रम औपचारिकतामा सीमित हुने गरेका छन्।

पछिल्ला वर्षमा तीजपर्वमा भित्रिएको आधुनिकता र खर्चिलो प्रवृत्तिले यसको धार्मिक मूल्य, मान्यता र सांस्कृतिक परम्परा ओझेलमा पर्दै गएको मालिका गाउँपालिका–६ दरबाङस्थित महिला बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक शलिना किसानले बताए।

‘सहरबजारमा हुने तीज प्रतियोगितामा मौलिकताभन्दा आधुनिकता र होडबाजी देखिन्छ, सूचना प्रविधिको बढ्दो विकासले टीभी हेर्ने, रेडियोमा गीत सन्ने, मोबाइलको प्रयोगले यूट्युबमा गीत घन्काउने प्रवृत्तिले बजारमा गीत गाउन र नाच्न जान्नेहरु भेटिँदैनन्’, किसानले भने। अहिले तीजलाई परम्परा संरक्षणभन्दा पनि नारी अधिकार र स्वतन्त्रताका रुपमा लिइने गरिएको उनको बुझाइ छ।

पर्व मनाउने क्रममा समयअनुसार परिवर्तन हुँदै जानु स्वभाविक प्रक्रिया भएको भन्दै किसानले परिवर्तनका नाममा हाडबाजी गर्ने, संस्कृति लोप हुने क्रियाकलापमा जोड दिने, अधिकार र स्वतन्त्रताका नाममा समाजमा गलत सन्देश दिने किसिमका क्रियाकलाप गर्न नहुने भन्दै तीजको मौलिकपन नासिँदै गएकामा चिन्ता व्यक्त गरे।

‘आधुनिकतासँगै तीज पर्वको परम्परागत मौलिकता हराउँदै गएको छ। पछिल्ला वर्ष बजारमा दर्जनौँ एल्बम सार्वजनिक भएपनि तीजको मर्म बोकेका भाका पाउन मुस्किल छ’, उनले भने।

तीजको मौलिकता झल्किने संस्कृति हराएकामा अघिल्लो पुस्ताका जेष्ठ महिलाहरु चिन्तित छन्। म्याग्दीमा अहिले दिनहुँजसो तीजको अवसरमा औपचारिक कार्यक्रम र प्रतियोगिता भइरहेका छन्।

यस्ता प्रतियोगितामा आधुनिकताको प्रयोगले मौलिक र परम्परा ओझेलमा पर्दै गएको लोक गायिका धनकुमारी थापाले बताइन्। अहिले विभिन्न सङ्घसंस्था र महिला दिदीबहिनीले होटलमा आयोजना गर्ने दर कार्यक्रमले तीज आधुनिक र औपचारिकतामा सीमित हुँदै गएको उनको भनाइ छ।

महिला नेतृ अमृतदेवी बानियाँले अहिलेका तीज गीत सामाजिक मर्यादा र अनुशासनको सीमा नाघेर रचिएको बताइन्। ‘पहिला तीजको दर एक दिन मात्र खाने चलन थियो, अहिले महिना दिनदेखि होटलमा दर खान भ्याइनभ्याई छ’, उनले भनिन्, ‘तीजको संस्कृतिसँगै मादल बज्ने ठाउँमा यूट्युबमा आधुनिक गीत लगाएर नाच्ने चलन बढ्यो।’

आधुनिकताको बढ्दो आकर्षण र सूचना प्रविधिको पहुँचले तीजका परम्परागत मान्यताहरु भत्किँदै जान थालेका छन्। माइतबाट चेलीलाई लिन जाने, दरमा दूध र फलफूलका विभिन्न परिकार खुवाउने, विवाहित महिलाले घरमा भोगेका सुखदुःखका कुरा गीतमार्फत व्यक्त गर्ने परम्परा हराउँदै जान थालेको बानियाँले बताइन्।

तीजमा चेलीबेटी लिन जाने चलन हरायो 
बेनी नगरपालिका–२ बगरफाँटकी ६९ वर्षिया गोमादेवी उपाध्यायले भदौरे भेल र वर्षाका कारण उर्लेका खहरे खोलालाई छिचोल्दै तीजमा छोरीचेली लिन जाने चलन हराएको बताए।

‘अहिले सबैको हातहातमा मोबाइल फोन, घरघरमा इन्टरनेट छ। गाउँगाउँमा सडक पुगेपछि छोरीचेलीलाई माइतमा आउजाउ गर्न कुनै समस्या छैन’, उपाध्यायले भने, ‘हाम्रो पालामा यस्ता सुविधा थिएनन्। ससाना छोराछोरी पिठ्युमा बोक्दै, लिन आएको दाजु वा भाइको पछिपछि हिडेर साँझपख माइतीको आँगनीमा पाइला टेक्दा मिल्ने खुसी अहिले वर्ण गर्न सकिदैन।’ हलिे तीजमा गाइने गीत र त्यसको लय पनि फेरिँदै जान थालेका उनले बताए।

तीज आयो जाउन बाबु दिदी लिनलाई।
खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई।।
हुन्छ आमा दिदी लिन जान्छु जान त।
कोसेली पो के लानी हो पर्छ लान त।।

‘पहिला तीजका गीतमा छोरीचेलीका पीडा मात्रै होइन शिष्टाचारका कुरा पनि व्यक्त गरिन्थे। आदरसम्मान, अनुशासन, मर्यादा र कोशेलीपातका कुरा गीतमार्फत अभिव्यक्त हुन्थे। अहिलेका गीत मनोरञ्जन केन्द्रित छन्, केही अपवाद बाहेक घरपरिवारका सदस्यहरु एकै ठाउँमा बसेर सुन्न र हेर्न नसकिने छन्’, उपाध्यायले भने।

हिजोआज ती पर्वमा दर स्वरुप खाने परिकारहरु पनि फेरिएका जेष्ठ महिलाहरुको भनाइ छ।

‘पहिला केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दूध र फलफूलका परिकार बनाएर दर खाने परम्परा थियो। हिजोआज एक महिना अघिदेखि होटल तथा पार्टी प्यालेसमा माछा, मासुलगायत परिकार खाने प्रचलन बढेको छ’, मालिका गाउँपालिका–६ की ६४ वर्षिया राधिका सुवेदीले भनिन्। तीजमा भड्किला गीत बजाउँदै नाच्ने प्रचलन बढेको भन्दै यसले सांस्कृतिक र आध्यात्मिक पक्ष र सामाजिक सद्भाव नासिँदै गएका उनले  बताए।

तीजको आध्यात्मिक पक्ष
धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भएर महादेव पति पाएको दिनलाई हिन्दू नारीहरुले हरितालिका तीजका रुपमा मनाउँदै आएका हुन्। पार्वतीले महादेवलाई श्रीमान्का रुपमा पाउन तपस्या गरेपछि तपस्या पूरा भएको दिनलाई पर्वका रुपमा मनाइएको विभिन्न शास्त्रमा उल्लेख छ।

‘तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ। अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ। तीजका दिन व्रत बसिन्छ। चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाले तीन सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन्। पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलोको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ’, मालिका–६ की सुवेदीले भनिन्।

तीजका गीतमा नारी वेदनालाई लयात्मक तरिकाले अभिव्यक्त गर्ने चलन विस्तारै हराउँदै गएको सुवेदीको भनाइ छ। घरपरिवारभित्रका दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गितबद्ध गरिएका आवाजमा आउने गीतले समाजमा सकारात्मक सन्देश दिने भन्दै चर्चित बन्नेभन्दा पनि संस्कृति संरक्षण गर्ने गीतको प्रवर्द्धन सबैले गर्नुपर्नेमा उनले जोड दिइन्।

प्रकाशित: २०८१ भदौ २० गते बिहिबार ०२:५४
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना