काठमाडौँ- चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नका प्रतिनिधिले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधै उडान गर्न तयार रहेको बताएका छन्।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग भेटका क्रममा चाइना साउदर्नका प्रतिनिधिले यस्तो बताएका हुन्।
४० भन्दा बढी मुलुकमा सेवा दिँदै आएको कम्पनीले अहिले काठमाडौंबाट चिनियाँ सहर ग्वान्झाओमा सिधा उडान गरिरहेको छ।
चाइना साउदर्नका प्रतिनिधिले पोखरा र भैरहवा उडानमा सरकारले लिएको नीतिगत सुधारको पहललाई प्रशंसासमेत गरेका थिए।
मन्त्री पाण्डेले चाइना साउदर्नले पोखरा र भैरहवामा उडान गरे द्विपक्षीय हित र आपसी सम्बन्ध अझ बलियो हुने बताएका थिए।


