काठमाडौँ- बिहीबार सेयर बजार परिसूचक नेप्से १२ अंकले घटेको छ। २७४० बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २७२७ बिन्दुमा पुगेर कारोबार रोकिएको हो।
१०१ कम्पनीको सेयर मूल्य बढेको बजारमा १३८ कम्पनीको मूल्य घट्दा ५ कम्पनी स्थिर बने।
बिहीबार ३१६ कम्पनीको २ करोड १ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भयो।
कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो। यसको ४० करोड ५० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
अघिल्लो साताको बिहीबार परिसूचक २७४९ बिन्दुमा थियो। यो साता २२ अंकले घट्दै २७२७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।
