काठमाडौँ- एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ।
बोनस १० प्रतिशत र नगद लाभांश ५.५३ प्रतिशत घोषणा गरिएको हो।
बैंकले प्रस्ताव गरेको लाभांश साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
गत आवको नाफाबाट लाभांश घोषणा गर्नेमा एभरेष्ट बैंक पहिलो हो।


