काठमाडौं- यो साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर २६३२ दशमलव ९४ को विन्दुमा झर्यो।
आज ३२८ कम्पनीका ९३ हजार ४ सय ५९ पटकको कारोबारमा १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँ रहेको छ।
६७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनी स्थिर रहेका छन्। १३ उपसमूहमध्ये ११ वटा घट्दा व्यापार इन्डेक्स दोहोरो अंकले बढेको छ भने होटेल र पर्यटन उपसमूह स्थिर रहेको छ।


