काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाए प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रतिवाद गर्ने बताएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने चेतावनी दिए।
‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो,’ उनले भने, ‘यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्छ। विरोध गर्छ, यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत् अनुरोध गर्दछु।
माओवादीका सांसद हितबहादुर तामाङले उपसभामुखलाई हटाउने कुरा स्वीकार्य नहुने बताएका थिए।
माओवादीकै अर्का सांसद सूर्यमान तामाङले पनि उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई पनि हेर्न सरकारलाई सुझाएका थिए।


