काठमाडौँ- रास्वपा सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले उपसभामुख इन्दिरा रानामगरको बचाउ गरेका छन्।
उपसभामुख रानामगरले जानाजान गल्ती नगरेको उनको दाबी छ। बुधबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘१९ महिना पहिले उपसभामुखज्युले एउटा पत्र लेख्नुभयो। उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो। जसको बारेमा उहाँले म बाट गल्ती भयो भनेर विज्ञप्ति पनि निकालिसक्नुभयो,’ उनले भने।
गल्ती स्वीकार गरिसक्दा समेत यसलाई राजनीतिक रुपमा बार्गेनिङ गरिनु गलत भएको उनको भनाइ छ।
संसद सचिवालयसँग सम्बन्धित नरहेका ६ व्यक्तिलाई अमेरिका पठाउन भिसा अन्तर्वार्ता मिति मिलाइदिन भन्दै संसदको लेटरहेडमा उपसभामुखले दूतावासलाई पत्र लेखेकी थिइन्।
उक्त पत्र अनधिकृत भएको भन्दै कांग्रेस र एमालेले उनको राजीनामा माग गर्दै आएका छन्।


