काठमाडौं- सेयर बजार परिसूचक नेप्से बुधबार पनि घटेको छ। गत साताको बुधबारदेखि नै लगातार घट्न थालेको बजार छैटौं कारोबार दिन पनि घटेको हो।
छैटौं दिन लगातार घट्दा परिसूचक २८३०.२ अंकबाट २६१०.२१ अंकमा झरेको छ। बुधबार नेप्सेमा २२.७३ अंकको गिरावट आएको छ।
वित्त, निर्जीवन बिमा र व्यापारबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो।
बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि ६६ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने विन नेपाल लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ।
आज कारोबार रकम पनि घटेको छ। मंगलबार ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको बजारमा आज ६ अर्ब ८५ करोड ११ लाखको मात्र कारोबार भएको छ।


