काठमाडौं – शहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले सातदोबाटो युथ क्लबविरुद्ध २–० को जित निकालेको छ। च्यासल मैदानमा मंगलबार दिउँसो सम्पन्न खेलमा संकटालाई जित दिलउनको लागि दुबै गोल युसेफ एट्रिसले गरेका थिए।
खेलको १४औं मिनेटमा अग्रता बनाएका युसेफले २६औं मिनेटमा दोस्रो गोल गर्दै संकटालाई जित दिलाए।
सोही समयमा दशरथ रंगशालामामा भएको खेलमा चाहीँ थ्री स्टार क्लबले एनआरटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। आजको खेलमा थ्री स्टारलाई जित निकाल्दै शीर्ष स्थानको चर्च ब्वाईजसँग अंक बराबरी गर्ने अवसर थियो। उसलेले एनआरटीविरुद्ध जित निकाल्न भने सकेन।
आज बराबरी गर्न सफल भएपछि एनआरटीले भने रेलिगेशन जोनमा रहेको खुमलटार भन्दा एक अंक धेरै(१८) बनाएको छ। १८ अंक बनाएको छ। यता थ्री स्टार २५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ।
आज जित निकालेको संकटाले भने १६ खेलमा २० अंक जोडे छ। ऊ अहिले अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ। हार बेहोरेको सातदोबाटो भने २३ अंकका साथ पाँचौं स्थानमा छ।


