विराटनगर- कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। दुई तिहाइ मतसहित उनले विश्वासको मत प्राप्त गरेका छन्।
विभाजनको प्रक्रियामार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त हुँदा विपक्षमा १५ मत प्राप्त भएको छ।
त्यस्तै, नेकपा एस समाजवादीका जनाले २ जनाले मतदान गरेनन्।
प्रदेशसभा बैठकमा ८३ उपस्थित थिए।
यसअघि मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिएका थिए।
गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्कीले पुनः विश्वासको मत लिनुपरेको हो।
कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन्। नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक प्रदेश सभा सदस्य छन्।
कोशी प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कांग्रेसका मन्त्री छन्।
