२०८३ कार्तिक ११ गते मङ्गलबार

जनतामा निराशा जगाउने संविधान कार्यान्वयन

 |  कल्याण श्रेष्ठ
Sanket

कल्याण श्रेष्ठ

काठमाडौँ, असोज २
kalyan

नेपालको संविधान जारी भएको नौ वर्ष भयो। करिब एक दशकको अवधि भनेको सबैभन्दा धेरै उत्पादनशील, लाभदायक र अनुभाव हाँसिल गर्ने महत्वपूर्ण अवधि हो। त्यो उपलब्धि हासिल भयो कि भएन भनेर मूल्याङ्कन गर्नुपर्ने अहिलेको अवधि हो। संविधान कार्यान्वयन त भइरहेको छ। संविधान कार्यान्वयनका लागि पहिलो आधारभूत कुरा निर्वाचन हो। दोस्रो निर्वाचनसम्म भइसक्यो। निर्वाचनले जनताको आकांक्षाको आवश्यकताको अनुभूतिको प्रतिविम्बस्वरुप परिणामहरु दिनुपथ्र्यो तर निर्वाचनले कसलाई सरकार बनाउने जनादेश दिएको भन्ने प्रष्टसम्म पनि पार्न सकेन। निर्वाचनमा प्रष्ट बहुमत कसलाई भन्ने भएन। मिलीजुली सरकार बनाउँदाखेरि दलहरुको निकटतम् हिसाबले बनाउनुपर्ने हो ।

दलहरुको आफ्नो राजनीतिक धर्म, दर्शन, नीति सिद्धान्त र कार्यक्रमहरु हुन्छन्। ती कार्यक्रम र सिद्धान्तअनुसार सरकार बन्नुपर्ने हो। सरकार बनाउने बेलामा कम्युनिष्ट होस् कि काँग्रेस होस् कि राप्रपा होस् कि जनमत होस्, सिद्धान्तहरुमा आकाश÷पाताल अन्तर पर्ने तर सरकार बनाउन भने सहमत हुनेलाई कसरी हेर्ने ? निर्वाचन प्रणाली, राजनीतिक दलहरुको विकास र जनताले दिएका अभिमतको तालमेल केही पनि देखिदैन। सिद्धान्तहीन राजनीति चलेको देखियो। धेरै दल भए पनि बहुदल भन्नुपर्‍यो।

सरकार निर्माणको शैली, एकले अर्कालाई सहजरुपमा स्वीकार गरेको देखियो। यसरी हेर्दा रुपमा बहुदल मनमनमा निर्दल त कहीँ हुर्किएको छैन भन्ने अवस्थासम्म पुगेको छ। अर्थात बहुदलीय राजनीतिक प्रजातान्त्रिक संस्कृति निर्माण गर्नमा अहिलेको संवैधानिक प्रयासहरु या यथेष्ट भएनन् वा ठीक दिशातर्फ निर्देशित भएनन्। सही परिणाम निकाल्न सकेको अवस्था छैन ।

सङ्घीयताको कुरा गर्दा अपूर्ण कार्यान्वयन भयो। सङ्घीय सरकार केन्द्रीयतावादी देखिएको छ। स्थानीय तह अपेक्षाकृत स्वतन्त्र र अधिकार सम्पन्न देखिन्छ तर दायित्व कार्यान्वयन गर्न सक्ने क्षमता सम्पन्न देखिदैन। प्रदेश सरकारलाई स्थानीय सरकारले नटेर्ने र सङ्घीय सरकारले नसुन्ने र उपेक्षाको अवस्थामा गुज्रेको देखिन्छ। एक्लै केही गर्न नसक्ने अवस्थामा रहेको छ। अधिकारको विनियोजन अपूर्ण भएको छ। अहिलेसम्म आधारभूत निजीमती ऐन, प्रहरी ऐनलगायत धेरै ऐन बनाइएको छैन। संविधानले सोचजस्तो दिशामा देखिदैन। जनतामा सङ्घीयताप्रति नै वितृष्णा आउने हो कि भन्ने भय रहेको देखिन्छ।

संविधानको सबैभन्दा महत्वपूर्ण सिद्धान्त समावेशीता हो। जनसङ्ख्याको समानुपातिकको समावेशीता भनियो। हामीलाई इतिहासदेखि नै पछाडि पारिएका, भेद्भावमा परेको, मौका नपाएका, हिंसामा परेका वर्गलाई माथि उठाउनुपर्ने थियो। अस्थायी रुपमा विशेष अवसर दिएर क्षमता अभिवृद्धि गरेर समान हैसियतमा ल्याउनु थियो। राजनीतिक दलले जनसङ्ख्याको अनुपातको आधारमा सिटको बाँडफाँट गर्ने काम गर्यो। हेर्दा दलित र महिला पनि परेको देखियो तर जनसङ्ख्याको अनुपातमा गरेर हेर्दा हिजोको शासक वर्गले नै समावेशीताको लाभ लिएको छ। राणा, शाह वा खस आर्यले नै समानुपातिकमा प्रतिनिधित्व गरिरहेका छन्। तोकिएको वर्गभित्र पनि पहुँचवालाको प्रतिनिधित्वको सुनिश्चित भएको छ।

संविधानको सबैभन्दा ठूलो सिद्धान्त नै समान मैदानमा समान हैसियतले खेल्नसक्ने हैसियतमा पुर्‍याउनु पर्ने सिद्धान्त हो तर लाभान्वित वर्गको हितका लागि प्रयोग भयो। भ्रष्टाचार, स्वार्थ र षड्यन्त्रको शिकार भयो। समावेशीले उच्च मूल्य मान्यता र मर्यादा दिनुपर्ने थियो। जुन वर्ग लाभान्वित हुनुपर्ने थियो तर त्यो हुन सकेन। प्रजातन्त्रको महत्वपूर्ण कुरा समानताको सिद्धान्त हो।

कानुनको अगाडि समानता, कामको सम्मान संरक्षण, कानुनको अधिनमा रहेर लाभहरुको समान वितरण भएन। सम्भ्रान्त वर्ग केन्द्रित लाभहरुको वितरण भयो। विकासले समानता स्वच्छ र उत्पादनशीलतको सम्बद्र्धन गर्नुपर्ने थियो। संविधानले दिने भनेको सुशासन, समान प्रतिष्ठाको संरक्षण र राजकीय निर्णय प्रक्रियामा समान सहभागिता राख्ने हुनुपर्छ। ती प्रक्रियाहरु स्वच्छ, समान, विवेकशील र पारदर्शी हुनपर्छ। तर हुन सकेन। संविधानमा सन्तुलन र नियन्त्रणका कुराहरु लेखिएको भए पनि शक्तिपृथकीकरण सिद्धान्तभन्दा पनि त्यसको दुरुपयोग गर्ने बढी गरेको देखियो।

संविधानले सोचजस्तो दिशामा देखिदैन। जनतामा सङ्घीयताप्रति नै वितृष्णा आउने हो कि भन्ने भय रहेको देखिन्छ।

सङ्घीयता कार्यान्वयनमा नभई नहुने कानुन पनि अहिलेसम्म बनेका छैन। दश वर्षसम्म कानुन बनेर पनि कार्यान्वयन भएर समीक्षा गर्ने अवधि भइसकेको छ। मौलिक हक, निजामती ऐन, प्रहरी ऐनजस्ता अन्य धेरै ऐनहरु अझै बन्न सकेको छैन। संसद बस्छ। अधिकांश समय राजनीतिक गफ गर्छ। विधायिका अनुपादक बन्दै गएको छ। विधायिकाले ऐनहरु समयमा नबनाएपछि कार्यपालिकाको स्वच्छन्दता बढ्दै जाने हुन्छ। कानुन नभएपछि कार्यपालिका आफ्नो विवेकले चल्ने भयो। विधिको शासनमा मुलुक चल्नुपर्नेमा तदर्थवादी ढङ्गबाट शासन व्यवस्था चल्दै गएको छ। अध्यादेशमार्फत कानुन ल्याउने अनि अदालतमा मुद्दा आउने भएको छ। अदालतले पनि समयमा निर्णय गर्न नसकेको देखिन्छ। यसले हामीले कस्तो किसिमको कानुनको शासनको परिकल्पना गरेको हौँ ? भन्ने प्रश्न उब्जेको छ।

न्यायापालिकाको संविधान कार्यान्वयन भए नभएको हेर्ने हो। तर कानुन बनाउने विधायिकाले हो। न्यायापालिका आफैँले संविधान कार्यान्वयन गर्ने होइन। कार्यान्वयन सही ढङ्गले कार्यान्वयन भयो कि भएन भनेर हेर्ने हो। विधायिका अनुत्पादक भएर जाने, सरकार चाहिँ विधायिकासँग साझेदार गरेर राम्ररी काम गर्न नसक्ने अवस्था बन्यो। न्यायापालिकाले कानुन आफैँले बनाउने होइन। कानुन बनाऊ भनेर आदेश मात्र दिने हो, ध्यानाकर्षण गराउने हो।

जुन खालका मुद्दाहरु अदालतमा आउने गर्छन्, अदातलमा आउने मुद्दाको अनुहार हेरेर पनि थाहा हुन्छ कि तिनीहरु अधिकांश कानुन बनाउन भनेर आउँछन्। निर्वाचन मुद्दा, भ्रष्टाचार मुद्दा लामो समयसम्म अनिर्णय रहने गर्दछ। न्यायाधीश नियुक्ति प्रक्रिया समयमा नहुँदा मुद्दाको समयमा निर्णय हुन सकेको छैन। अदालतमा मुद्दाहरु हुँदा संवैधानिक आयोगहरु पनि शिथिल अवस्थामा छन्। सबै कुरा शिथिल भएको अवस्थामा यो संविधानले कसरी काम गर्न सक्छ ?

संविधानको उद्देश्य, मूल्य, मान्यता त ठूलो छ तर त्यसलाई रुपान्तरण गर्नसक्ने अङ्गहरु, आयोगहरु भएनन्। स्रोत र साधनको विनियोजन भएन र आवश्यक वातावरण भएन भने जनतामा निरासा आउने गर्दछ। राज्यका अङ्गहरुबाट जनताले अपेक्षा गरेका कुराहरुको सम्बोधन भएको देखिँदैन। युवा जमातमा त विदेश जाने प्रवृत्ति बढेको छ। देशमा बसौँबसौँ लाग्ने वातावरण बन्न सकेको छैन। देशमा भविष्य छ भनेर सोच्न लगाउने अवस्था छैन। त्यसले गर्दा पूँजी, ज्ञान, ऊर्जा र सपना पलायन भयो। युवाहरु विदेश जानै हुँदैन भन्ने होइन तर विदेश जाने भनेको क्षमता र पूँजी बृद्धि गर्नका लागि हुनुपर्ने थियो। आफू जन्मेको भूमिको गुन तिर्नुपर्ने थियो तर गएकाहरु फर्किदैनन् कि भन्ने डर छ।

संवैधानिक प्रणालीले जुन नजिता दिनुपर्ने थियो। त्यो नतिजा दिन सकेको छैन। यो निरासा आउन नदिनका लागि स्वयं संवैधानिक व्यवस्था र सरकारका सम्पूर्ण अङ्गहरु, सरकारी निकायमा बसेका पदाधिकारीहरु जिम्मेवारी हुनुपर्ने हुन्छ। यी ती निकाय र जिम्मेवार पदाधिकारीहरुले सही ढङ्गबाट काम गर्न नसक्दा संविधानले जस्तो नजिता दिनुपर्ने हो, त्यो दिन सकेको छैन। अब पनि यस्तो अवस्था रहनु हुँदैन। अब नजिता नदिएर बसिरहने र निरन्तरता पाउने छुट छैन। संविधानको उद्देश्य हासिल गर्नुपर्छ। सबैले त्यो स्थितिका बारेमा सोच्नुपर्छ।

संविधान आफैँ कार्यान्वयन हुने होइन। संविधान कार्यान्वयन सरकार र जनताले नै गर्ने हो। संविधान कार्यान्वयन कमजोर हुने तर सरकार बलियो भइरहने गर्नाले जनता निरासा जाग्दछ। सबैले संविधान कार्यान्वयन गरेर जनतामा आशा जगाउन र संविधानको सम्भार गर्नुपर्छ। संविधानको सफल कार्यान्वयन गरी चेतना जगाउने खालको परिस्थितिको निर्माण गर्नुपर्छ। संविधानको कार्यान्वयन अवस्थालाई समीक्षा गरेर अहिलेको अवस्थालाई सुधार गर्नुपर्छ। -रासस

प्रकाशित: २०८१ असोज २ गते बुधबार ०८:५६
Sanket

कल्याण श्रेष्ठ

श्रेष्ठ पूर्वप्रधानन्यायाधीश हुन्। 
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना