काठमाडौँ- संसदीय सुनुवाइ समितिले १६ राजदूतलाई नियुक्त गर्नका लागि अनुमोदन गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देश राजदूतको नाम अनुमोदन गरेको हो। उनीहरूलाई बहुमतको निर्णयका आधारमा निर्णय गरी अनुमोदन गरेको हो।
समिति सभापति ईश्वरी न्यौपानेका अनुसार रामकृष्ण भट्टराईको नाम भने अनुमोदन भएको छैन। शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको नाम भने अनुमोदन नभएको हो।
उनका विषयमा थप छलफलपछि निर्णय हुने सभापति न्यौपानेको भनाइ छ।
बैठकमा रास्वपा सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितका विषयमा फरक मत राखेका थिए।
दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाका विषयमा पनि उनले फरक मत राखेका थिए।
यस्तै जसपा नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा र पण्डित, श्रेष्ठ तथा तिम्सिनामाथि पनि फरक मत राखेका थिए।
सरकारले प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत र अन्य दुई देशका राजदूत पनि सिफारिस गरेको छ। उनीहरूमाथि सार्वजनिक उजुरी आह्वानसमेत समितिले गरेको छ।
अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालका विषयमा उजुरी भए दर्ता गराउन आह्वान गरिएको न्यौपानेले बताइन्।
यी हुन् अनुमोदित राजदूत


