२०८३ कार्तिक २२ गते शनिवार

बेरुजु फर्स्योट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते याक दिवस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ४
ps_gurung (1)
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्‍चारमन्त्री गुरुङ काठमाडौँ, १६ भदौ : सरकारका प्रवक्ता तथा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै । तस्बिर : प्रदिपराज वन्त/रासस

काठमाडौँ- नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बेरुजु फछ्र्यौट गर्न बेरुजु फछ्र्यौट समिति गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने निर्णय गरेको छ।
शुक्रबार असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामान्य प्रक्रियाबाट फछ्यौट हुन नसकेका बेरुजु फछ्र्यौट गर्न प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्य अच्युत प्रसाद मैनालीको अध्यक्षतामा समिति गठन भएको जानकारी दिएका छन्।

यसमा साथै मन्त्रिपरिषद्को बैठकले निम्नानुसारको निर्णयहरु गरेको छ:
मिति २०८१ कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने,

  • काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो) को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर (करिब २२ अर्ब ८९ करोड रुपियाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा १५ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १ करोड रुपैयाँ) बराबरको अनुदान सहायता एवं जापान फन्ड फर प्रोस्परस एन्ड रिजिलेन्ट एसिया एन्ड द प्यासिफिकबाट प्राप्त हुने ३ मिलियन अमेरिकी डलर (करिब ४० करोड ३९ लाख रुपैंयाँ) वरावरको अनुदान सहायतासम्बन्धी वित्तीय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने,
  • प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने,
  • बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७० खारेज गर्ने,
  • नेपाल र गणतन्त्र इण्डोनेसियाबिच हुने द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उल्लिखित समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने,
  • नेपाल र गणतन्त्र इण्डोनेसियाविच कूटनीतिक तथा विशेष राहदानी बाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौता स्वीकृत गर्ने र उल्लिखित सम्झौतामा समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने।
  • समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको रिक्त पदमा श्री ध्रुव आचार्य (दोलखा), श्री ललिता कुमारी महर्जन (बर्दिया) र श्री महेश प्रसाद काफ्ले (पाल्पा) लाई मनोनयन गर्ने।
  • राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिमा बाग्मती प्रदेशबाट तेजेन्द्र बहादुर खड्का; गण्डकी प्रदेशबाट प्रदिपराज अधिकारी; लुम्बिनी प्रदेशबाट गुणानीधि भुसाल; कोशी प्रदेशबाट एकराज निरौला र कर्णाली प्रदेशबाट भुपेन्द्र बहादुर सिंहलाई मनोनयन गर्ने,
    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन वन्यजन्तु आरक्ष) विस्तार हुँदा राष्ट्रिय निकुञ्जभित्र परेका नम्बरी आवादी जग्गाहरूको सट्टाभर्ना समस्या समाधान गर्ने सम्बन्धमा उच्च अदालतका पूर्वन्यायाधीश श्री जयानन्द पनेरुको अध्यक्षतामा छ सदस्यीय अधिकारसम्पन्न आयोग गठन गर्ने,
    नेपाल इन्टर मोडल यातायात विकास समिति, काठमाडौँलाई दोधारा– चाँदनी सुख्खा बन्दरगाह÷एकीकृत जाँच चौकी निर्माणको लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने,
  • दोलखा जिल्लामा रहेको भीमेश्वर मन्दिरको चुडामणी स्तम्भको मर्मत संभारको लागि सालको रुख १ कटान मुछान गरी उत्पादन भएको ९५.०२ घन फिट गोलिया काठ र ०.२५ चट्टा दाउराको राजस्व रकम रु. ८५,९९८/मिनाहा गर्ने,
  • पूर्वसचिव श्री शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गर्ने र संयोजकमा सदस्य श्री महेद्रकुमार थापा रहने गरी तोक्ने,
  • गंगादेव गाउँपालिका, रोल्पाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका कायम गर्ने र सो गाउँपालिकाको केन्द्र साबिक बडा नं. ५ सानडाँडाबाट वडा नं. २ स्थित सुखाओडार (जिनाबाङ) मा कायम गर्ने नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१÷५÷२० गतेको निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,
  • भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०८१ स्वीकृत गर्ने,
  • बसन्तपुर जग्गा एकीकरण आयोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने,
  • नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय पुरस्कारसम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गर्ने,
    नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्गित विशिष्ट श्रेणीको रिक्त एक पदमा श्री कमलप्रसाद पोखरेल (शर्मा) लाई बढुवा गरी मुख्यमन्त्री ताथ मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशमा पदस्थापन गर्ने,
  • वर्तमान सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिवद्धता सम्बद्ध सबै मन्त्रालयले उच्च पाथमिकताका साथ कार्यान्वयन गर्ने,
    सङ्घीय संसदको मिति २०८१÷६÷२ को पत्रसाथ प्राप्त सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१ कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरूमा लेखी पठाउने,
  • निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सुरेश आचार्य, डा.गोविन्दप्रसाद शर्मा, गोपालप्रसाद सिग्देल र डा. दीपककुमार खराललाई सरुवा गर्ने निर्णय भएको छ।
प्रकाशित: २०८१ असोज ४ गते शुक्रबार ०५:०६
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना