काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाएको छ। शुक्रबारका तुलनामा १ हजार ७ सय रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड बनाएको हो।
शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुन आइतबार त्यसमा पनि १७०० सय रुपैयाँले बढेको छ।
आइतबार छापावाला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ। यो हालसम्मकै उच्च हो। यसअघि भदौ ३१ गते सुनले १ लाख ५७ हजार ३०० रुपैयाँको बिन्दुमा पुगेको थिय।
अमेरिकी फेडरल रिजर्भ (फेड)ले चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौती गरेकोले सुनको भाउमा वृद्धि भएको व्यवसायीको भनाइ छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदी १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।


