२०८३ कार्तिक २१ गते शुक्रबार

स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको जवाफ : चिनाजानी हुँदैमा जथाभावी ऋण लिन मिल्दैन

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २७
prakashsharan1

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशीसँग चिनजान भएकै आधारमा ठूलो ऋण लिएर बजेट निर्माण गर्न नसकिने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै विदेशीसँग चिनजान भएकै आधारमा ऋण लिएर बजेट बनाउने अवस्था नरहेको बताएका हुन्।

यसअघि अर्थमन्त्री महतले बजेट सिद्धान्त तथा प्राथमिकता(विनियोजन विधेयक) संसदमा प्रस्तुत गर्दै फिस्कल स्पेस सीमित रहेकाले मौद्रिक नीतिमार्फत अर्थतन्त्रमा समाधान दिनुपर्ने बताएका थिए। त्यसको जवाफमा डा. वाग्लले मौद्रिक नीति चलाएर नभई फिस्कल स्पेस खोजेर बजेट निर्माण गर्नुपर्ने बताएका थिए।

दिगो विकासका लक्ष्य कार्यान्वयनमा तीव्रता दिने, जलवायु परिवर्तनलगायतका क्षेत्रबाट नेपालले फिस्कल स्पेस खोज्नुपर्ने बताएका थिए। यसैगरी सूचना प्रविधिमा आधारित उद्यमशीलताको विकास र भ्रष्ट्रचारको अन्त्य गरी सुशासन कायम गर्ने माध्यमबाट फिस्कल स्पेस खोज्नुपर्ने बताएका थिए। ब्याजदर घटाएर वा तरलता बढाएर मात्रै समस्याको समाधान नहुने भन्दै उनले लगानीको विवेकशील प्रयोग र प्रवाह भएको कर्जाको उत्पादकत्व तथा गुणस्तरबारे समीक्षा गर्नुपर्ने बताएका थिए। यसैगरी निर्मम ढंगबाट खर्च कटौती गर्नुपर्नेमा जोड दिएका थिए।

जवाफमा अर्थमन्त्री महतले फिस्कल स्पेस भन्दा मौद्रिक स्पेसकै प्रयोगमा जोड दिने संकेत गरेका छन्। पुँजीगत खर्च बढाउनका लागि ऋण लिनुपर्ने रहेको अवस्था रहेको भन्दै अर्थमन्त्री महतले मुलुक थप ऋण दायित्व बढाउन नसक्ने अवस्थामा रहेको दोहोर्‍याएका छन्।

‘केही विद्धान मित्रहरुले मौद्रिक नीति चलाउनु हुँदैन। फिस्कल स्पेस प्रयोग गर्नुपर्छ। ब्याजदर वा तरलता चलाएर समस्या समाधान हुँदैन भन्ने कुरा गर्नुभएको छ,’ उनले भनेका छन्, ‘मेरो चिनजान छ। म ल्याइदिन्छु भन्नुभएको छ। म सहयोग पुर्‍याउन उहाँहरुलाई अनुरोध गर्दछु। तर हामी विदेशी ऋणका कारण अनावश्यक दायित्व सृजना गर्ने बाटोमा जादैनौं।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण दिँदै मन्त्री महतले राज्यलाई दीर्घकालीन रुपमा बोझ हुने बाटोमा नजाने बताए। आन्तरिक वा बाह्य ऋणको उच्चतम सदुपयोग गर्दै कार्यक्षमता र उत्पादनशिलता बढाउने क्षेत्रमा मात्रै उपयोग गर्ने उनको भनाइ छ। वैदेशिक साहयता लिने विषयमा पनि आफू संवेदनशील रहेको भन्दै अर्थमन्त्री महतले लिएपछि भैहाल्ने भन्ने प्रवृत्तिको अन्त्य गर्ने दिशामा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित: २०८० बैशाख २७ गते बुधबार ०७:३४
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना