काठमाडौं- बुधबार नेप्से परिसूचक २४७० मा आइपुगेको छ।
५८.९३ अंक घटेर २४७० मा कायम भएको नेप्सेमा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही बढेको छ।
अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६८ करोडको भयो।
१० कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने एउटाको स्थिर रह्यो।
नेप्सेका सबै क्षेत्रका उपसूचक घटेका छन्।
फाइनान्स ४.६ , बैंकिङ २, विकास बैंक ३.०३, होटल तथा पर्यटन २.६६, हाइड्रोपावर २.८०, लगानी २.९८, उत्पादन १.९५ प्रतिशतले घटेको छ।
यसैगरी, माइक्रोफाइनान्स २.३८, निर्जीवन बीमा १.३९, अन्य २.७९ र व्यापार २.०७ प्रतिशत घटे।
स्वरोजगार लघुवित्तको मूल्य ८.८ प्रतिशत बढ्दा हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो।


