काठमाडौंः एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ। नेपालमा अर्थतन्त्र शिथिल भएको भन्दै चिन्ता व्यक्त भइरहेकै बेला एडीबीले सेप्टेम्बर महिनाको एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्र सुधारोन्मुख रहेको तथ्याङ्क अघि सारेको छ।
दक्षिण एसियामा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर सात प्रतिशत रहने प्रक्षेपण एडीबीको छ भने सबैभन्दा कम पाकिस्तानको २.४ प्रतिशत रहने विश्लेषण छ।
धिमा गतिमा भए पनि कृषि उत्पादनमा सुधार, उर्जा उत्पादनमा वृद्धि र पर्यटन आगमनमा वृद्धि हुनाले अर्थतन्त्र सुधारमा देखिएको एडीबीले प्रक्षेपण रिपोर्टमा उल्लेख गरिएको छ।



