काठमाडौँ– केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ।
बुधबार प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ३ सय रूपैयाँले बढेर १ लाख ६० हजार ७ सय पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बुधबारकै समान छ।
अहिले चाँदीको कारोबार १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।
असोज ३ गतेयता लगातार सुनको मूल्य बढिरहेको छ।
असोज ३ गते १ लाख ५५ हजार ६ सयमा कारोबार भएको सुन सातामै १ लाख ६० हजार ७ सयमा पुगेको हो।
असोज ३ गतेको सुनको मूल्यका तुलनामा असोज १० गतेको मूल्य ५ हजार १ सय रुपैयाँले बढी हो।


