काठमाडौंः बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका कम्तिमा ३४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको हो। मृतकको संख्या अरु बढ्न सक्ने अनुमान प्रहरीको छ। ‘उद्धारकार्य जारी छ। अहिलेसम्म ३४ जनाको निधन भएको जानकारी छ’ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले भने, ‘१७ जना वेपत्ता छन्।’


