२०८३ कार्तिक २१ गते शुक्रबार

कांग्रेस राहत र उद्धारमा केन्द्रित हुने, सयदिने अभियान राेक्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १३
Congress_headqarter_sanepa (3)

काठमाडौँ –  नेपाली कांग्रेसले राहत र उद्दार कार्यमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने निर्णय गरेको छ। पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्राकृतिक प्रकोपबाट ठूलो धनजनको क्षति भएकाले राहत र उद्दार कार्यमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने निर्णय गरेको हो।

बैठकले पीडितको सहयोगका लागि पचास लाख रुपैया सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको र यसका लागि सबै सांसदहरुको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकले कांग्रेसको जारी अभियान कोजाग्रत पूर्णिमासंग स्थगन गरि सवै भातृ संगठनलाई उद्दारमा खट्न निर्देशन दिएको छ भने बिषम परिस्थीतिका कारण हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन पार्टीले गर्दै आएको चियापान कार्यक्रम समेत स्थगन गरिएको प्रवक्ता महतले बताए।

बैठकले बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गर्दै सबै घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन समेत ध्यानाकर्षण गराइएको उनले बताए । अवरुद्ध भएको सडक सञ्जाल छिटो मर्मत गर्दै चाडबाडका बेला सहज रुपमा घर जान सक्ने अवस्था बनाउन समेत आग्रह गरेको प्रवक्ता महतले जानकारी दिए।

त्यस्तै बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गर्दै उपनिर्वाचनमा पार्टीकातर्फबाट खडा गर्ने उम्मेदवारलाई पत्र दिनका लागि सभापतिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित: २०८१ असोज १३ गते आईतबार १२:२९
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना