काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से सभा हलमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो।
कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार बैठकमा बाढीपहिरो पीडितको राहत तथा उद्धार र पुनर्स्थापना लगायतका विषयमा छलफल हुनेछ।
यसअघि कांग्रेस कार्यसम्पादन समितिको बैठकले कांग्रेसका सबै सांसदको १५ दिनको तलव बाढीपहिरो पीडितको राहत तथा पुनर्स्थानका लागि सरकारलाई दिने निर्णय गरेको थियो। उक्त विषयमा पनि बैठकमा छलफल हुने गौतमको भनाइ छ।


