काठमाडौं- इरानले इजरायलमाथि फेरि आक्रमण गरेको छ।
विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका समाचार अनुसार मंगलबार राती इरानी आक्रमण भएको हो। इरानले तेलअविवलाई निशाना बनाएर दर्जनौ मिसायल तथा ड्रोनहरु प्रहार गरेको इजरेली सेनाले पुष्टि गरेको छ।
यो सँगै अब इजरायल र इरानबी युद्ध सुरु हुनसक्ने अनुमानहरु सतहमा आएका छन्। यसअघि पनि इरानले गत अप्रिलमा इजरायलमाथी मिसायल तथा ड्रोनहरु प्रहार गरेको थियो।
पछिल्लो आक्रमणका सबै विवरणहरु भने आइसकेका छैनन्।


