काठमाडौँ– नुम्बुर हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।
असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव गर्दै कात्तिक ७ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।
कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको हो ।
प्रिमियम मूल्यमा सेयर जारी गर्न सक्ने गरी प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ।
आईपीओ निष्कासनका लागि र प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ।
साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ।


