२०८३ कार्तिक १७ गते सोमबार

त्यसैले सुनसान भए बाग्लुङका पर्यटकीय क्षेत्र

 |  डम्बर बुढामगर
Sanket

डम्बर बुढामगर

काठमाडौँ, असोज १६
baglung paryatak

ढोरपाटनः  बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन्। बर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन्।

बराह ताल, बेलढुङ्गा, गाजाको दह, घुम्टे, दिदीबहिनी झरना, सोलेडाँडालगायत दर्जनौँ पर्यटकीय क्षेत्र सुनासन छन्। धेरै पर्यटक पुग्ने ढोरपाटन बराह मन्दिर र सिकार आरक्ष क्षेत्रमा पनि यो बेला पर्यटकको सङ्ख्या निकै कम भएको छ।

 गतवर्ष यो बेला पर्यटकीयस्थलमा चहलपहल बढ्न थालेको थियो। अहिले वर्षा नरोकिएको हुँदा सडक खुल्न सकेका छैनन्। सडक खुल्न नसक्दा घरबास (होमस्टे) पनि सञ्चालन हुन सकेका छैनन्।

घरबासमा पाहुन पुग्न नसक्दा स्थानीय उत्पादनले बजारसमेत पाउन सकेका छैनन्। जिल्ला सदरमुकाम बागलुङबजार नजिकै रहेको कालिका मन्दिर, पञ्चकोट र शालग्राम सङ्ग्रहालयमा पनि पर्यटकको सङ्ख्या घटेको छ। यसवर्ष लामो झरीले गर्दा आधा असोज बितिसक्दा पनि सडक खुल्न सकेका छैनन्।

गतवर्ष यति बेला सोलेडाँडामा पर्यटकको चहलपहल बढेको भए पनि अहिले सुनासन रहेको तमानखोला गाउँपालिका–३ का पूर्ण बुढा मगरले बताए। असोज लागिसक्दा पनि वर्षा नरोकिँदा सडक खुलाउन नसकेको उनको भनाइ छ । सडक बन्द हुँदा घुम्न आएका पर्यटक बीच बाटोबाटै फकिर्ने गरेको बुढा मगर बताउँछन्। बुढा मगरले भने, ‘असोजको पहिलो सातातिर वर्षा रोकिएको थियो, अहिले फेरि वर्षा हुन थालेको छ, बर्खाले गर्दा बाटो धेरै ठाउँ बिग्रिएको छ, पर्यटक सजिलै घुम्ने ठाउँमा पुग्न सकेका छैनन्, सोलडाँडामा यो बेला पोहोर परार साल निकै धेरै मान्छे आउँथे, तर अहिले आएका छैनन्, आएकाहरु पहिरोले सडक पुरिएपछि फर्किएर जान्छन्, अब कात्तिक लागेपछि मात्रै बाटो खुल्छ होला, त्यसपछि बल्ल पर्यटकको लर्को लाग्छ।’

यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त समय मानिन्छ तर सडकको दुरवस्थाका कारण निकै कम सङ्ख्यामा पर्यटक आएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताए।

अघिल्लो महिनासम्म सयौँ पर्यटक ढोरपाटन पुग्ने गरेको भन्दै असोज लागेपछि धेरै ठाउँमा सडक बिग्रिँदा यात्रा कठिन हुँदा पर्यटक घटेको उनको भनाइ छ। बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडकमा यात्रा गर्दा पर्यटकले सास्ती खेप्नुपरेको अध्यक्ष अदै बताउँछन्। यो सडक स्तरोन्नति नभएसम्म हजारौँ पर्यटकले बर्सेनि समस्या बेहोर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

‘धेरै पर्यटकको रोजाइमा अहिले ढोरपाटन परेको छ, ढोरपाटन आउने बुकीपाटन पनि जान चाहन्छन्, तर बुर्तिबाङबाट यहाँसम्म आउने सडकको अवस्था खराब हुँदा पर्यटक चाहेर पनि आउन सकेका छैनन्’, अध्यक्ष अदैले भने, ‘अघिल्लो महिनासम्म पर्यटकको सङ्ख्या राम्रो थियो, पछिल्लो झरीले गर्दा ह्वात्तै घट्यो, दसैँ नजिकिँदैछ, यो बेला हजारौँको सङ्ख्यामा पर्यटक आउँथे, तर सडकका कारण आउन सकेका छैनन्, वर्षा रोकिएर सडक सुधार भयो भने आउनेछन्।’

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले वर्षा रोकिएपछि पर्यटकीय क्षेत्रमा पुग्नेसहित ग्रामीण सडक खुलाउने बताए। यसवर्षको वर्षाले मध्यपहाडी लोकमार्गसहित ग्रामीण सडकमा ठूलो क्षति पुर्‍याएको हुँदा खुलाउन केही समय लाग्ने उनको भनाइ छ।

वर्षा रोकिए दसैँ अगावै सबै अवरुद्ध सडक खुलाउने गरी तयारी गरिएको भण्डारीले जानकारी दिए।

प्रकाशित: २०८१ असोज १६ गते बुधबार ०४:५५
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना