२०८३ कार्तिक २१ गते शुक्रबार

तातोपानी नाका खुले पनि आयात–निर्यातमा अड्चन कायमै

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २९
tatopani

काठमाडौं– कोरोना महाव्याधीलाई कारण बनाएर करिब दुई वर्षसम्म रसुवागढी र तातोपानी नाकाबाट हुने आयात–निर्यातमा अंकुश लगाएको उत्तरी छिमेकी चीनले गत १८ वैशाखमा तातोपानी नाका खुलाएको थियो। चीनसँगको छोटो दूरीको यो नाका खुल्ने दिन नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्ण रुपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ।

निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्से लैजान तयार पारिएका भाँडाकुँडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनरसमेत तातोपानी सुक्खा बन्दरगाहमा थन्किएपछि तातोपानी नाका आंशिक खुलेको देखिएको हो।

‘निर्यात ठप्प छ। त्यतिबेलै तयार पारिएका सामग्रीको फारम भरेको पनि एक साता भयो। निर्यात खुल्नुको सट्टा उल्टै आयात भइरहेका कन्टेनर पनि दिनहुँ घट्दो क्रममा देखिन्छन्’, तातोपानी भन्सार कार्यालयका अधिकृत दयादन्द केसीले भने। निर्यातका लागि खुले पनि आंशिक भइरहेको उनको भनाइ छ।

अब नेपालीले निर्यातका लागि नेपालबाट खाद्यान्न जडीबुटीलगायत वस्तु मितेरी पुलको आधा भागसम्म लैजान सक्छन्। ‘मानिस आउजाउ तथा गाडी खासासम्म जाने कुरा होइन, निकासी मात्रै हो’, प्रमुख भन्सार अधिकृत केसीले भने।

तातोपानी नाकाबाट पहिलेजस्तो निर्यातका लागि नेपालीले पर्याप्त सामग्री उपलब्ध गराउन नसक्ने केसीको ठम्याइ छ। उनका अनुसार पहिला खासासम्म खाद्यान्न तथा तरकारी र सतुवालगायत जडीबुटीसमेत निकासी हँुदा नेपालीलाई राम्रो आम्दानीको स्रोत थियो। त्यतिबेला मात्रै खासामा होटल सञ्चालनलगायत गतिविधिमा तिब्बतीबाहेक ५ सय नेपाली स्थायी बसोबास गरेका थिए। तर, खासा अहिले सुनसान छ।

निकासी खुले पनि नेपालबाट हस्ताकला सामग्रीबाहेक अन्य वस्तु निर्यात सम्भावना नरहेको भन्सार अधिकृत केसी बताउँछन्। अहिले नेपाली व्यापारीले खासाबाट सिल्क कम्पनीमार्फत नेपालतर्फ दैनिक ६÷७ कन्टेनरमार्फत स्याउ, लसुन तथा लत्ताकपडा लगायत सामग्री मितेरी पुलसम्म ल्याउन पाउँछन्। बैठकमा व्यापारीले खासासम्म आफूहरु जान दिनुपर्ने चिनियाँ पक्षसँग माग गरे पनि उनीहरु सकारात्मक नभएको सिल्क कम्पनीका व्यवस्थापक विजय शेर्पाले बताए।

यसअघि स्याउ, लसुन, ऊन, रोल कपडा, जलविद्युत् आयोजनाका पाइपजस्ता ठूला भारका सामग्री तातोपानी नाकाबाट ल्याइने गरेको थियो। भन्सार यार्डमा ‘क्यू सिस्टम’मा ६ सय बढी मजदुर सामान लोड–अनलोड गर्छन्। अहिले चीनले ‘ट्रेड च्यानल’मा सामग्री पठाएकाले झन्झटिलो भएको स्थानीय व्यवसायी दोर्जे लामा बताउँछन्।

अहिले आउने कन्टेनरमा रड, स्याउ र लसुनजस्ता सामग्री छन्। यी सामान पनि चीनले ‘ट्रेड च्यानल’मार्फत पठाउन थालेको छ। यसले गर्दा सम्पूर्ण सामग्री झारेर हेर्ने प्रक्रिया लामो हुन्छ। एक कन्टेनर सामग्री आउन एक महिनासम्म लाग्ने उनले जानकारी दिए। नाकाबाट चालू आर्थिक वर्षमा ४र अर्ब ६२ करोड भन्सार राजस्व संकलनको लक्ष्य लिइएकामा अहिलेसम्म २ अर्ब २० करोड उठेको छ।

प्रकाशित: २०८० बैशाख २९ गते शुक्रबार ०८:४८
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना