धनगढी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत अवस्थामा भेटिएको छ।
राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रको पोस्ट्नजिकै गर्भवती हात्ती मृत अवस्थामा भेटिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए।
चौधरीका अनुसार बच्चा पाउने क्रममा जन्म दिन नसकेर हात्तीको मृत्यु भएको आकलन गरिएको छ।
कानूनअनुसार गर्नुपर्ने सबै प्रक्रिया पुर्याएर उक्त ढोई (पोथी हात्ती) को शव व्यवस्थापन गरिएको छ।


